काठमाडौं । निजी विद्यालय संचालकहरूको आन्दोलन फिर्ता भएको छ ।

विद्यालय शिक्षा विधेयकको प्रस्तावित मस्यौदाको विरोधमा उत्रिएका निजी विद्यालयका संचालकहरुले बिहीबार विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को प्रस्तावित व्यवस्था सच्याउने सहमति भएपछि आन्दोलन फिर्ता भएको हो । रक्षा मन्त्रालयमा भएको वार्तामा शिक्षामन्त्री अशोक कुमार राई, शिक्षा सचिव, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव, प्याब्सनका महासचिव आरबी कटुवाललगायत वार्तामा सहभागी थिए ।

मन्त्रिपरिषदबाट पारित भएको उक्त विधेयकको व्यवस्थाप्रति असन्तुष्टी जनाउँदै उक्त व्यवस्था सच्याउन प्याब्सन, एन प्याब्सन र हिसानले चरणबद्ध आन्दोलनका कार्यक्रम गर्दै आएका थिए । सरकारले निजी विद्यालयलाई गुठीमा लैजानुपर्ने विधेयकमा समावेश गरिएको भन्दै निजी विद्यालयका संचालकहरु विरोधमा उत्रिएका थिए ।

उनीहरूले आउँदो आइतबारबाट सबै निजी विद्यालय अनिश्चितकालिन बन्द गर्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय