धादिङबेशी- नीलकण्ठ नगरपालिकाको सुविधा सम्पन्न प्रशाशकीय भवनको शिलान्यास गरिएको छ । धादिङ जिल्लामा पहिलो पटक लिफ्ट र अन्डरग्राउन्ड पार्किङ सहितको सुविधा सम्पन्न हुने भवनको नेपाल नगरपालिका संघका अध्यक्ष तथा निलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुङ्गानाले शिलन्यास गरेकाहुन।

प्रशाशकीय भवन १८ करोड ५६ लाख ७१ हजार १ सय ७१ रुपैयाँको लागतमा निर्माण हुन लागेको हो । प्रशासनिक भवनमा एक पटकमा ९ जना चढ्न मिल्ने लिफ्ट रहने र भवन ४ हजार ५२३ स्क्वायरफिटमा पाँच तलाको हुनेछ ।भवनको २०८३ बैशाख २० गते सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

भवन शिलान्यास कार्यक्रममा नगर प्रमुख भीम प्रसाद ढुंगानाले तोकिएको समयमा काम सम्पन्न गर्नको लागि ठेकेदार कम्पनीलाई आग्रह गरेकाछन् । जग्गा प्राप्त गर्नको लागि धेरै समय लागेको भन्दै उनले प्रशासनीक भवन बनेपछि नागरिकहरुले सहज रुपमा सेवा लिन पाउने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय