नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले सुन तस्करी प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै मसाल जुलुस प्रदर्शन गरेको छ । सेटिङमा सुन तस्कारी भएको भन्दै युवा संघले गृहमन्त्रीको राजीनामा माग गरेको हो । सुन तस्करी काण्डमा साना भरियाहरुलाई समातिएको तर ठूलालाई उन्मुक्ति दिने प्रपञ्च रचिएको युवा संघको आरोप छ ।






