काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी रहेको छ । विमानस्थलबाट भएको सुन प्रकरण, संसदको गतिरोध र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न सचिवालय बैठक बसेको हो ।
प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । उक्त बैठक अगाडि रणनीति तय गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका हुन्। एमालेले उच्चस्तरीय छानबिन समितिको माग गर्दै निरन्तर संसद् अवरोध गर्दै आइरहेको छ। एमालेले समिति गठन नभएसम्म सदन चल्न नदिने अडान लिएको छ ।



https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470



