नेपाल र भियतनामबीच पर्यटन प्रवर्द्धन तथा हवाइ कनेक्टिभिटीसहितका विभिन्न सहमति अघि बढाउन छलफल भएको छ । उपराष्ट्रपति रामसहायप्रसाद यादव र उहाँकी भियतनामी समकक्षी भोथी आन्ह सुआनबीच भएको द्विपक्षीय वार्तामा बुद्ध जन्मभूमि नेपाल र बौद्धमार्गी मुलुक भियतनामबीचको हवाइ सम्पर्क विस्तार गर्न सहमति जुटेको हो । द्विपक्ष छलफलमा दुईदेशको पर्यटन प्रवर्द्धन, उच्चस्तरीय भ्रमण आदान(प्रदान, सांस्कृतिक र धार्मिक सहकार्यमा पनि विस्तृत कुराकानी भएको परराष्ट्रमन्त्रालयले जनाएको छ ।

दुईदेशबीच व्यापार, लगानी र डिजिटल रुपान्तरणमा सहयोग अभिवृद्धि गर्ने विषयमा पनि छलफल भएको छ । द्विपक्षीय वार्तामा व्यापार, लगानी, जलविद्युत, जलवायु परिवर्तन लगायतका विषयमा विस्तृत छलफल भएको परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाश अधिकारीले जानकारी दिनुभयो । उपराष्ट्रपति यादवको निमन्त्रणामा तीन दिने भ्रमणका लागि नेपाल आउनु भएकी भियतनामी उपराष्ट्रपति सुआनले राष्ट्रपति रामचन्द्र पौडेलसँग भोलि शिष्टाचार भेट गर्नुहुनेछ । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवाले पनि उपराष्ट्रपति सुआनसँग शिष्टाचार वार्ता गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय