नेपाल सुपर लिगमा वीरगञ्ज युनाइटेड फुटबल क्लबले पहिलो जित निकालेको छ । बुधबार भएको खेलमा इलामले सुरुवाती अग्रता लिएपनि वीरगन्जले पुनरागमन गर्दै २–१ को जित दर्ता गरेको हो । आशिष चापागाईले इलामलाई अग्रता दिलाएका थिए । वीरगन्जले भिषण गुरुङको गोलमा बराबरी गरेको थियो भने विलियम ओपोकुको पेनाल्टीमा जित पक्का गर्यो ।
खेलको १५ औं मिनेटमा आशिष चापागाईंले गोल गर्दै इलामलाई अग्रता दिलाएका थिए भने ३३ औं मिनेटमा वीरगन्जका सुशील लामाले गोल गर्दै नतिजा १–१ को बराबरीमा पारेका थिए । इन्ज्युरी समयको छैटौं मिनेटमा वीरगन्जले पेनाल्टीको अवसर पायो । पेनाल्टीमा विलियमले गोल गर्दै जित पक्का गरे । वीरगन्जको यस जितसँगै ५ खेलमा ५ अंक छ भने इलामले ६ खेलमा ४ अंक जोडेको छ ।






