काठमाडौं । नेपालकी युवा राजनीतिज्ञ सोविता गौतमले ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड जित्नु भएको छ । ‘वन योङ वर्ल्ड’ ले आयोजना गरेको अवार्डमा सोवितासँगै चिलीकी महिला तथा लैंगिक समता मन्त्री एन्टोनिया कस्मिका लगायत विभिन्न देशका १५ सांसद, मेयर लगायतलाई सर्टलिस्टमा समेटिएको थियो । सर्टलिस्टमा समावेशमध्ये ५ जनालाई अवार्ड प्रदान गरिएको हो । नेपालकी सोबिता गौतमसँगै क्यानडाकी एरिइल्ले कायाबागा, अष्ट्रेलियाकी अयोर मकुर चुओट र न्यूजील्याण्डका मोको तेपानिया र बेल्जियमका स्यामुअल कोगोलातीले अवार्ड जितेका छन ।

सोबितालाई बिजुली नपुगेको गाउँमा जन्मिएकी र राम्रो स्रोत साधन नभएको सरकारी विद्यालयमा पढेकी साथै भाषण र सामाजिक सञ्जालमा अत्याधिक रुचाइएसँगै राजनीतिमा उदाएकी पात्रको रूपमा संस्थाले परिचित गरेको छ । नेपाली इतिहासमा प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सबैभन्दा कान्छी सांसद र रास्वपाको संस्थापक सदस्य एबं सांसदको रूपमा सोबितालाई सर्ट लिस्टमा छनोट गरेको हो । पोलिटिसिएन अफ द इयर अवार्ड हरेक वर्ष १८ देखि ३५ वर्ष उमेर समूहका प्रभावशाली राजनीतिज्ञहरूलाई द वन योङ वर्ल्ड प्रदान गर्दै आएको छ । द वन योङ वर्ल्ड युवा नेतृत्व सशक्तीकरण र विकासका लागि स्थापित बेलायती संस्था हो । संस्थाले बेलफास्ट बेलायतमा अक्टोबर २ देखि ५ सम्म द वन योङ वर्ल्ड समिट गर्दैछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय