नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक बर्षको १० महिनाको पूरा अवधिमा लक्ष्य भन्दा निकै कम राजश्व असुली गरेको छ । कार्यालयले बैशाखसम्म २४ अर्ब १९ करोड ३८ लाख ६५ हजार असुली गर्ने लक्ष्य लिएपनि ६१ दशमलब ५४ प्रतिशत अर्थात १४ अर्व ८८ करोड ७९ लाख २८ हजार मात्र राजश्व संकलन गरेको हो । भन्सार असुलीको अवस्था सन्तोषजनक नभएको गतबर्षको सोही अवधीको तुलनामा कम राजस्व उठेको भन्सार कार्यालयको भनाइ छ ।

निकासी हुने बस्तुको संख्या निकै घटेका कारण राजश्व समेत घटेको र आयात हुने बस्तु पनि घटेकाले भन्सार असुलीमा कमी भएको कार्यालयको भनाइ छ । कार्यालयले गत आर्थिक बर्षको सोही अवधीमा लक्ष्यको करिव ९१ प्रतिशत अर्थात १८ अर्ब ८२ करोड ९३ लाख ५ हजार रावश्व असुली गरेको थियो ।

गत आर्थिक बर्षको बैशाखसम्म ६७ अर्ब मूल्य बराबरको सामान आयात भएको थियो भने २ अर्ब ५० करोड बराबरको मालवस्तु निर्यात भएको थियो । चालु आर्थिक बर्षको बैशाख मसान्त सम्म ५५ अर्ब मूल्य बराबरको बस्तु आयात भएकोमा नेपालगन्ज भन्सार हुँदै बिश्वका ५ देशमा २ अर्ब मूल्य बराबरको सामाग्री मात्रै निर्यात भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय