काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपालले अमेरिकालाई पराजीत गरेको छ ।
जिम्बावेको हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा भएको खेलमा नेपाल ६ विकेटले विजयी भएको हो । अमेरिकाले दिएको २ सय ८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । नेपालको जीतमा भीम सार्कीको महत्वपूर्ण योगदान रह्यो । सार्कीले ७ चौका र १ छक्काको सहयोगमा अविजित ७७ रनको योगदान दिंदा ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलले २५ रनको साझेदारीका साथ सुरुआत गरेका थिए । दोस्रो विकेटका लागि भीम र कुशलले ६८ बलमा ४९ रनको महत्वपूर्ण साझेदारी भएको थियो । कप्तान रोहित पौडेलले २९ बलमा १६ रन बनाउँदा कुशल मल्ल १३ बलमा १३ रन बनाउँदै आउट भए । दीपेन्द्रले ३२ बलमा ५ चौका र १ छक्काको सहयोगमा अविजित ३९ रन बनाए ।



अमेरिकाका लागि नोस्तुषा केन्जिगे, सौरभ नेत्राभाल्कर, निशर्ग पटेल र स्टेभन टेलरले समान ११ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २ सय ७ रनमा अलआउट भएको थियो । जीतसँगै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना बलियो भएको छ ।



