पछिल्ला दुई वर्षमा पेट्रोलियम पदार्थको खपत घटदै गएको छ । नेपाल आयल निगमको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८-७९ मा पेट्रोल ७ लाख ३० हजार ४८८ किलोलिटर खपत भएकोमा तर गत वर्ष भने घटेर ६ लाख ७२ हजार ७६६ किलोलिटर खपत भएको छ ।
निगमका अनुसार गत वर्ष पेट्रोलको खपतमा ८ प्रतिशतले गिरावट आएको छ । यस्तै आर्थिक वर्ष २०७८-७९ मा डिजल १७ लाख २७ हजार ५७१ किलोलिटर खपत भएकोमा तर गत वर्ष डिजलको पनि खपत घटेर १३ लाख ८१ हजार ३२५ किलोलिटर मात्रै भएको छ ।



यस अघिका वर्षहरुमा १७ प्रतिशतसम्मले डिजलको खपत बढ्दो क्रममा रहेपनि गत वर्ष पनि डिजलको खपत २० प्रतिशतले गिरावट आएको तथ्यांकले देखाएको हो । यसैगरी, ग्यासको खपत पनि त्यसरी नै घटेको छ । आर्थिक वर्ष २०७८-७९ मा ग्यास ५ लाख ३६ हजार २८ मेट्रिक टन खपत भएको थियो। गत वर्ष घटेर ५ लाख १४ हजार ७१७ मेट्रिक टन खपत भएको छ ।
गत वर्षदेखि ४ प्रतिशतले खपतमा गिरावट आएको हो । नवीकरणीय ऊर्जाको प्रयोग बढ्दै जाँदा ग्यास लगायतका पेट्रोलियम पदार्थको आयात घटेको हो ।
https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470



