काठमाडौं, ५ मार्च २०२५ नेपालले आगामी सगरमाथा संवाद कार्यक्रमका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई औपचारिक निम्ता दिने तयारी गरेको छ। जलवायु परिवर्तनको असर र हिमाल संरक्षणको उद्देश्यले नेपालले यो संवाद आयोजना गर्ने भएको हो, जुन आगामी जेठ २ देखि ४ सम्म हुने कार्यक्रम रहेको छ। परराष्ट्रमन्त्री आरजु राणा देउवा फागुन २६ मा भारत जाने छिन्। उनले दिल्लीमा हुने १०औं रायसिना डाइलगमा भाग लिनुका साथै भारतीय प्रधानमन्त्री मोदीलाई सगरमाथा संवादमा सहभागी हुन निम्ता दिनेछिन्। यस सन्देशलाई दिल्लीस्थित नेपाली राजदूत शंकर शर्माले भारतीय विदेश सचिव विक्रम मिश्रिको माध्यमबाट पुर्याइसक्नुभएको छ।

यस वर्षको रायसिना डाइलगमा नेपालले भारतसँग उच्चस्तरीय राजनीतिक सम्बन्धलाई मजबुत बनाउन अवसर खोजिरहेको छ। परराष्ट्रमन्त्री देउवाले यस संवादमा भाग लिनुका साथै भारतीय अधिकारीहरू र विदेशी सहभागीहरूसँग भेट गर्ने योजना बनाएकिछिन। थाइल्याण्डमा चैत २० देखि २४ सम्म हुने विमस्टेक शिखर सम्मेलनमा पनि नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी मोदीबीच साइडलाइन वार्ताको प्रस्ताव पठाएको छ। नेपालले हरेक वर्ष रायसिना डाइलगमा भाग लिँदै आएको छ, र यस वर्ष पनि परराष्ट्रमन्त्री देउवा सम्मेलनमा सहभागी हुनेछिन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय