टी-२० विश्वकप क्रिकेटमा नेपाली खेलाडीलार्य प्रत्यक रनमा एक हजार दिईने भएको छ । त्यस्तै खेलमा शतक प्रहार गर्ने प्रत्येक नेपाली खेलाडीलाई वाइवाइले एक लाख प्रदान गर्ने घोषणा गरेको छ । वाइवाइले वेष्टइन्डिज र अमेरिकामा आइतबारदेखि सुरु हुने विश्वकपमा शतक प्रहार गर्ने नेपाली खेलाडीलाई एक लाख प्रदान गर्ने घोषणा गरेको हो ।

यस्तै प्रत्येक जितमा एक लाख ५० हजार र अर्धसतक प्रहार गर्ने नेपाली खेलाडीलाई ५० हजार रुपैयाँ प्रदान गर्ने जनाएको छ । प्रत्येक विकेटमा १५ हजार, हरेक छक्कामा १२ हजार, हरेक चौका ८ हजार र हरेक रनमा एक हजार रुपैयाँ वाइवाइले प्रदान गर्ने उल्लेख गरेको छ । नेपालले पहिलो खेल मंगलबार नेदरल्यान्डससंग मंगलबार खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय