काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष एवं संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा सुवास नेम्वाङ पार्टीको उपाध्यक्ष मात्रै नरहेको र आफ्नो हितैषी मित्र र सुख दुःखको साथी रहेको उल्लेख गर्नुभएको छ ।
लोकतान्त्रिक संविधान निर्माण गर्न नेम्वाङले पु-याएको योगदान सधैँ सम्झिरहने उल्लेख गर्दै अध्यक्ष ओलीले लेख्नु भएको छ, ‘मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली’ संविधान सभा अध्यक्षसमेत रहनुभएका नेम्वाङको गएराति निधन भएको थियो ।






