काठमाडौं – लायन्स क्लब अफ काठमाडौं इन्द्र अन्नपूर्ण योगको संयुक्त क्लब इन्डक्सन तथा पदस्थापन समारोहसँगै शान्ति परेड आयोजना गरिएको छ। नैकापस्थित सान अडिटोरियम हल (इन्द्र अन्नपूर्ण योग हल) मा आइतबार बिहान कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा क्लबमा आबद्ध हुने नयाँ सदस्यहरूको इन्डक्सन तथा नयाँ पदाधिकारीहरूको पदस्थापन गरिएको छ। त्यससँगै शान्ति परेडमार्फत सामाजिक सेवा, सद्भाव र शान्तिको सन्देशसमेत प्रवाह गरिएको आयोजकले जनाएको छ।
लायन्स क्लब अफ काठमाडौं इन्द्र अन्नपूर्ण योगको क्लब नम्बर १४२३९० रहेको छ। क्लबको चार्टर मिति ५ अगस्ट २०२० हो। क्लबले स्थापना भएदेखि नै सामाजिक सेवा, स्वास्थ्य, शिक्षा तथा मानवीय सहयोगका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ। क्लबका सदस्य तथा पदाधिकारीहरूका अनुसार लायन्स क्लबको मुख्य उद्देश्य समाजमा आवश्यक परेका व्यक्तिसम्म सहयोग पुर्याउनु र सेवामार्फत समुदायसँग जोडिनु हो। यही उद्देश्यअनुसार आगामी दिनमा पनि सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिने क्लबको तयारी छ।



नयाँ सदस्यलाई क्लबको सेवा अभियानसँग जोड्नु र नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्नु आजको कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ। पदस्थापनपछि क्लबले स्थानीय समुदायको आवश्यकता पहिचान गरी स्वास्थ्य, शिक्षा, वातावरण तथा मानवीय सेवाका क्षेत्रमा थप कार्यक्रम सञ्चालन गर्ने अपेक्षा गरिएको छ। कार्यक्रममा लायन्स क्लबका सदस्य, पदाधिकारी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो। संयुक्त इन्डक्सन तथा पदस्थापनसँगै आयोजना गरिएको शान्ति परेडले कार्यक्रमलाई थप विशेष बनाएको आयोजकको भनाइ छ।



