काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश विश्वम्बरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीशमा सिफारिस भएका छन् ।

सिंहदरवारमा बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा श्रेष्ठलाई सिफारिस गरेको हो ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की शुक्रबारबाट अवकास प्राप्त गर्दैछन् । प्रधानन्यायाधीशको सिफारिस गर्ने संवैधानिक प्रावधान भएपनि राजनीतिक दलका नेताहरूबीच तालमेल नमिल्दा एक महिनाअघि देखि संवैधानिक परिषद्को बैठक बस्न सकेको थिएन ।
गत आइतबार तीन दलका शीर्ष नेताहरूबीच संवैधानिक परिषद्को बैठक बोलाउने निर्णय भएको थियो ।

श्रेष्ठले वि.सं. २०३८ चैत २७ गतेदेखि अधिकृतबाट न्याय सेवामा प्रवेश गरेका थिए । त्यसपछि विभिन्न जिल्लामा न्यायाधीश भएका थिए । पुनरावेदन अदालतको न्यायाधीश हुँदै वि.सं. २०७३ साउन १३ मा सर्वोच्च अदालतको न्यायाधीश भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय