पर्यटकीय नगरी पोखरामा वर्ष २०८१ को बिदाइ र वर्ष २०८२ को भब्यरुपमा स्वागत गरिएको छ । पोखराको लेकसाइडमा हजारौ मानिस जम्मा भएर विभिन्न कार्यक्रममा सरिक भइ नया वर्षको स्वागत गरिएको थियो । स्वदेशी मात्र हैन विदेशी पर्यटक समेत नयाँ वर्षको स्वागतमा गरिएका विभिन्न कार्यक्रमको दृश्य हेर्न लाएक थियो ।
२०८१ को अन्तिम दिन दिनभर परेको सिमसिम पानीले पर्यटकीय नगरी पोखरा निथ्रुक्कै भिजेको थियो । पानीले ओसीलो बनेको मौसमको वेवास्ता गदैँ नेपाली सगै विदेशी पर्यटक मज्जाले रमाए । होटल संघ पोखराले २० औँ फेवा नव वर्ष महोत्सव आयोजना गरेर नयाँ वर्षको स्वागतको लागि चाजोपाजो मिलाएको थियो । गएको चैत्र ३० गतेदेखि पर्यटक केन्द्रीत फेवा किनार लेकसाइडमा नयाँ वर्षका विविध कार्यक्रमसगै चैत्रको अन्तिम दिन घडीको सुइमा रातको १२ बजे पछिको आतिशबाजीले पोखराको रात्रि माहौललाइ अझ झिलीमिलि पादैँ नयाँ वर्षको स्वागत गरिएको थियो । नया वर्ष मनाउन भेला भएका मानिसहरु संगीतको तालमा झुम्दै शुभकामना साटासाट गदैँ रमाइरहेका थिए । नयाँ वर्षको अवसरमा पर्यटकलाई लक्षित गरि आयोजना गरिएका कार्यक्रमले पोखरा उत्सवमय भएको थियो ।



अंग्रेजी होस् या नेपाली नया वर्ष मनाउन घुम्न निस्कने क्रम निक्कै बढेको छ । आफ्ना परिवार, साथि संग घुम्न जाने, विभिन्न कार्यक्रम आयोजना गर्ने, अनि रमाउदै नया वर्षको स्वागत गर्ने पोखरा प्रमुख गन्तब्य नै बनेको छ । देशभरबाट पोखरा आएका साथै विदेशी पर्यटक आउने सिजन समेत भएकाले पोखराको पर्यटन क्षेत्रमा उल्लास छ । नेपालकै पर्यटकीय राजधानी घोषणा भएको पोखरामा अहिले पोखरा भ्रमण वर्ष पनि चलिरहेको छ । सामान्य तया ५० प्रतिशत अकुपेन्सी रहने होटलहरुमा नयाँ वर्ष मनाउन आउनेको चापले अकुपेन्सी सत प्रतिशत नजिक पुगेको छ ।
लेकसाइडमा रहेका ७ सय २५ पर्यटकीय होटलमा रहेका ४० हजार बेड भरिभराउ थिय । ५ खर्ब भन्दा बढिको लागानी रहेको पोखराको पर्यटन क्षेत्र नयाँ वर्ष २०८२ को उत्साहजनक पर्यटकको आगमनले उत्साहित भएको छ । लेकसाइडको तीन किलोमिटर सडकमा यातायात बन्द गरेर चैताराहरुमा विभिन्न खानाका परिकार र सास्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । वभर्षभरिका सबै पिडा भुलेर नया संकल्प, नया उदेश्य, र नयाँ उर्जाका साथ पोखरामा नयाँ वर्ष मनाउन पर्यटकीय गन्तब्य हरुमा स्थानीयहरुको बाक्लो उपस्थिति थियो । प्रकृति, संस्कृती र साहसिक खेलकुदको केन्द्रको रुपमा परिचित पोखरामा आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउने गरेका छन् । २०८२ साल भरी नै यो उत्साह कायम रहिरहन् सकोस् हाम्रो पनि शुभकामना ।



