जुम्ला । पहिरोले कर्णाली राजमार्ग अवरुद्ध हुन पुगेको छ । सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत कालिकोटको राँचुली, मोल्फा र फुर्केमा गएको पहिरोले सडक अवरुद्ध भएको हो । ।
सडक डिभिजन कार्यालय जुम्लाले पहिरो हटाउने काम भइरहेको जनाएको छ । विभिन्न स्थानमा सानाठूला पहिरोले सडक अवरुद्ध भएपछि जुम्ला, मुगु सुर्खेत, नेपालगञ्ज काठमाडौंतर्फ चल्ने सवारीसाधन बीच बाटोमै रोकिएपछि सयौँ यात्रु अलपत्रमा परेका छन् ।






