काठमाडौं । भैरहवास्थित आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०८२-०८३ को पहिलो चार महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले साउनदेखि कात्तिकसम्ममा लक्ष्यभन्दा १ अर्ब १५ करोड ७८ लाख ५१ हजार रुपैयाँ बढी राजस्व संकलन गरेको हो ।

आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले गत आवको तुलनामा राजस्व संकलन ५१ दशमलव पाँच प्रतिशतले बृद्धि भएको जनाउनु भयो । राजस्व संकलनको जम्मा लक्ष्यमा अन्तःशुल्कको ठूलो हिस्सा अर्थात् ८२ दशमलव छ प्रतिशत रहेको बताउनु भयो । आव २०८१÷०८२ मा कार्यालयले साउनदेखि कात्तिकसम्म रु तीन अर्ब ५६ करोड दुई लाख ६१ हजार सङ्कलन गरेको थियो । राजस्व असुलीमा एकदमै राम्रो र उत्कृष्ट कार्यसम्पादन गर्न सफल भएको छ । कार्यालयअन्तर्गतका उद्योगी–व्यवसायी र कर प्रशासनको संयुक्त ‘टिमवर्क’बाट नै यो सम्भव भएको प्रमुख कर अधिकृत पोख्रेलले बताउनुभयो । आन्तरिक राजस्व कार्यालय भैरहवाअन्तर्गत ६४ हजारभन्दा बढी करदाता छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय