पाकिस्तानको पश्चिमी क्षेत्रमा पोलियो खोप लगाउने क्रममा बम विष्फोट भएको छ ।

सुरक्षामा खटिएका प्रहरीलाई लक्षित गरी गरिएको बम विस्फोटमा पाँच बालबालिकासहित सात जनाको मृत्यु भएको हो ।

बलोचिस्तान प्रान्तको मस्टुङ शहरमा राष्ट्रव्यापी खोप अभियानमा सहभागी स्वास्थ्यकर्मीको सुरक्षाका लागि भ्यानमा यात्रा गरिरहेका अधिकारीहरूलाई लक्षित गर्दै बम विस्फोट गराइएको थियो ।

पाकिस्तान र छिमेकी अफगानिस्तानमा अहिले पनि पोलियोको प्रकोप कायमै रहेको छ । खोप टोलीलाई सुरक्षा बलविरुद्ध लड्दै आएका लडाकुहरूले बारम्बार निशाना बनाउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय