पाल्पा– माघे सङ्क्रान्तिका अवसर पारेर पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रिडी रूरू क्षेत्रमा बुधबारदेखि मकर स्नान मेला सुरू भएको छ । रूरू क्षेत्रमा नुहाएर अर्गली क्षेत्रमा रहेको ऋषिकेशव मन्दिरमा दर्शन गर्दा ुण्य प्राप्त गरिने विश्वासले सोमबार बिहानैदेखि स्नान गर्ने भक्तजनहरूको घु‘इचो लागेको छ । यो स्नान गर्ने मेला तीन दिनसम्म रहन्छ भने महोत्सव पाँच दिनसम्म चल्छ । नेपालको चार धाममध्येकोे एक रूरू क्षेत्र नेपालसहित भारतबाट आएका श्रद्धालु भक्तजनहरूको चहलपहलले रमाइलो भएको स्थानीय पर्सुराम भट्टराईले बताए । माघे सङ्क्रान्तिमा रिडी क्षेत्रको दर्शन गरी कालीगण्डकीमा स्नान गरे पुण्य प्राप्त गरिने धार्मिक जनविश्वास रहदैं आएको छ । यहा“ आएका भक्तजनहरूले कालीगण्डकीमा नुहाएर, अर्गलीस्थित ऋषिकेशव मन्दिरको दर्शन गर्छन ।



विभिन्न स्थानबाट आएका व्यापारीले उखुबाट बनाइएको गुड, खुदो, चाकु र स्थानीय उत्पादनका स्टल राखेका छन् । रूरू क्षेत्रको धार्मिक तथा सास्कृतिक महत्व भएकाले मेला भर्न विभिन्न स्थानबाट आउने गर्छन् । गुल्मीतर्फ स्थानीय क्लब र गुल्मी उद्योग वाणिज्य संघ रिडी शाखाले रूरू महोत्सव राखेको छ । साथै खानपिन, व्यापार र सांस्कृतिक कार्यक्रम राखिएको छ । सोह्रौ शताव्दीका राजा मणिमुकुन्द सेनले कालीगण्डकीमा स्नान गर्दा भगवान ऋषिकेशवको मुर्ति फेला परेको र सोही मुर्तिलाई प्रतिष्थापन गरको भन्न किवंदन्ती रहेको छ । कालीगण्डकी नुहाउन र ऋषिकेश, गायत्रीमाता लगायत विभिन्न देवालयहरूको दर्शन गर्न भक्तजनहरू आउने गर्दछन । ऋषिकेशव मन्दिर र यस क्षेत्रलाई रूरू कन्याको जन्मस्थल भनिन्छ । मणिमुकुन्द सेनवाट ऋषिकेशवको मूर्ति प्राप्त गरी स्थापना गरेको प्रसिद्ध ऋषिकेशव मन्दिरले धार्मिक पर्यटकको लागि आर्कषण बन्न सक्ने वडाध्यक्ष कमल रानाले बताए ।
सक्रान्तिको अवसरमा व्यापार गर्न पाल्पा, बाग्लुङ्ग, रूकुम, रोल्पा, हुम्ला, जुम्ला, मुस्ताङलगायतका स्थानबाट घरेलु सामग्री बिक्रीको लागि रिडीमा आएका छन् । रोल्पा, रूकुम सल्यान, प्यूठान, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङलगायतका जिल्लाका व्यापारीहरूले जाडो छल्नुका साथै त्यस क्षेत्रमा पाइने ऊनीजन्य बस्तुहरू जस्तै, राडीपाखी, कम्बल, बाँसको सामग्रीहरू, जडीबुटीहरू खरिद बिक्री तिन दिन सम्म चल्ने वडाध्यक्ष शोभाखर भटराईले बताए ।



