बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटीलाई घरेलु कामदारका रूपमा राखिएकी १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा झापा जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको छ।

न्यायाधीश नवीनकुमार जोशीको इजलासले थुनछेक बहसपछि शिवाकोटीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो। अदालतले शिवाकोटीको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै झापा कारागार प्रशासनलाई उपचारको व्यवस्था गर्न पत्राचार पनि गरेको छ।

शिवाकोटीलाई गत मंसिर २४ गते प्रहरीले पक्राउ गरेको थियो। पक्राउपछि उनलाई बीएण्डसी अस्पतालमा राखिएको थियो। घटनाको प्रारम्भिक अनुसन्धानपछि सोमबार अदालतले थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो।

घटना सार्वजनिक भएपछि शिवाकोटीको पक्षमा अशोक पोखरेल, गजेन्द्र आचार्य, टंक उप्रेती, र बालकुमार कट्वालजस्ता कानुन व्यवसायीले बहस गरेका थिए। तर अदालतले उनलाई थुनामै राख्नुपर्ने निर्णय गरेको छ।

घरेलु कामदारको रूपमा काम गर्ने नाबालिगमाथि हुने हिंसाको यो घटना सामाजिक र कानुनी रूपमा गम्भीर विषय भएकोले यसले न्यायिक प्रक्रियालाई थप ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय