पोखरा महानगरपालिकाको कार्यालयअगाडि सोमबार बिहान भेटिएको शंकास्पद सुटकेस खाली रहेको पाइएको छ। महानगरको मुख्य ढोकानजिक बेवारिसे अवस्थामा सुटकेस भेटिएपछि बम वा विस्फोटक पदार्थ हुनसक्ने आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली बोलाइएको थियो। सेनाको टोलीले सुटकेस खोलेर जाँच गर्दा कुनै पनि शंकास्पद वा खतरनाक वस्तु फेला परेन। सुटकेस सुरक्षित रूपमा जिल्ला प्रहरी कार्यालय कास्कीलाई बुझाइएको छ।

कास्की प्रहरीका सूचना अधिकारी वीरेन्द्र पासवानले सुटकेस खाली रहेको पुष्टि गर्दै अहिले अवस्था सामान्य रहेको बताए। सुटकेस कसले र किन छाडेको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय