काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले करिब एक महिनादेखि संसद अवरोध गर्दै आएको छ । सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने भन्दै एमालेले विगत १ महिला देखि संसद बैठक अवरुद्ध गर्दै आएको छ । गत साउन १० गतेदेखि एमालेले लगातार संसद अवरोध गर्दै आएको छ ।



आजको बैठकमा राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको पत्र सुनाउने, बेपत्ता पारिएका व्यक्तिको छानबिन, एमाले सांसद टोपबहादुर रायमाझी निलम्बनमा परेको जानकारी गराउने, सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यअवधि थप सम्बन्धी बाधाअड्काउ फुकाउ आदेश पेश गर्नेलगायतका कार्यसूचि रहेको छ । बैठक दिउँसो १ बजे बस्ने छ ।



