काठमाडौं । प्रतिनिधि सभाबाट आर्थिक वर्ष २०८०-०८१ को बजेट बहुमतले पारित भएको छ ।

अर्थमन्त्री प्रकाशशरण महतले पेस गर्नुभएको विनियोजन विधेयक पारित गरियोस् भन्ने पक्षमा १४७ मत परेको र विपक्षमा १०८ मत परेसँगै बजेट बहुमतले पारित भएको हो । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, रास्वपा, राप्रपा जनमत पार्टीले बजेटको विपक्षमा मत हालेका थिए । मतदानमा २५५ जना सांसद सहभागी भएका थिए ।

जेठ २२ देखि सुरु भएको बजेटमाथिको छलफल सकिएसँगै प्रतिनिधि सभाबाट बजेट बहुमतले पारित भयो । यसअघि सत्तारुढ जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले बजेट संशोधन नभए पारित गर्न नदिने अडान राखेका थिए । प्रधानमन्त्री र अर्थमन्त्रीले उहाँहरुलाई आश्वासन दिएपछि त्यसलाई पारित गरेर जाने विषयमा सहमति जुटेको थियो । बजेट पारित गर्न सत्तारूढ दलहरूले ह्वीप नै जारी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय