काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ७ मा जारी प्रथम वनदेवी चन्द्रागिरि साँस्कृतिक व्यापार पर्यटन महोत्सव २०८१ मा दर्शकहरुको सहभागिता दिनप्रतिदिन बढ्दै गएको छ ।

जेठ १४ गतेदेखि औपचारिक रुपमा सुरु भएको महोत्सवमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता र कलाकारहरुको प्रस्तुती बाँकी रहेपछि थप सात दिन लम्बिएको महोत्सव १६ औं दिनपनि भव्य र सभ्यरुपमा सञ्चालन भइरहेको छ । असार दुई गतेसम्म सञ्चालन हुने महोत्सवमा आज चर्चित गायक कमल खत्री, गायिका सविना दाहालको प्रस्तुती रहने महोत्सवका संयोजक राजकुमार केसीले जानकारी दिनुभएको छ ।


कला, धर्म र संस्कृतिको पहिचान, स्वच्छ हराभरा सुन्दर नगर चन्द्रागिरिको शान भन्ने नाराका साथ सुरु भएको महोत्सवमा स्थानीय कलाकारहरुको प्रस्तुतीसँगै दैनिक जीवनमा प्रयोगमा आउने सामाग्रीहरु, खानाका परिकार, हस्तकला, चित्रकला, वास्तुकलाका सामग्री, कृषि औजारका सामग्री पाइने आयोजक वनदेवी भवन संरक्षण समितिका अध्यक्ष कुमार शाहले बताउनु भयो । महोत्सवमा नाचगानबाट मात्र नभई रोटे पिङ, कोलम्बस, रेललगायतका विभिन्न खेलबाट मनोरञ्जन लिन सकिने पनि अध्यक्ष शाहले बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय