काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिकाबाटै चीन जाने विषय प्राविधिक कुरा भएको बताएको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले चीन जाने विषय प्राविधिक भएको बताउनु भएको हो ।
उहाँले अमेरिकाबाटै चीन जाने कुरा भ्रमणसँग जोडिएकाले अन्यथा नबुझ्न सञ्चारकर्मीहरुलाई आग्रहसमेत गर्नुभयो । प्रवक्ता शर्माले प्रधानमन्त्रीको भ्रमण जाने विषयवस्तुलाई जोडेर धेरै चर्चा परिचर्चा गरिरहनु पर्ने आवश्यक नरहेको पनि स्पष्ट पार्नुभयो ।






