भएको छ । शनिबार चीन पुगेका प्रधानमन्त्री दाहालले हाङ्जाओमा राष्ट्रपति सीसँग संक्षिप्त भेटवार्ता गरेका हुन् । एसियन गेम्सको उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल शनिबार हाहाङ्जाओ पुगेका छन् । दाहाललाई हाङजाओ विमानस्थलमा उनलाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गरेका थिए ।
प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई सम्बोधन गरेर शनिबार अमेरिकाको न्युयोर्कबाट चीन पुगेका हुन् । प्रधानमन्त्री दाहाल चिनियाँ राष्ट्रपति सीले आयोजना गरेको दिवाभोजमा सहभागी भएका थिए । एसियन गेम्सको उद्घाटनपछि प्रधानमन्त्री दाहाल चीनको राजधानी सहर बेइजिङ जाने कार्यक्रम छ ।



बेइजिङमा यही सेप्टेम्बर २५ मा आफ्ना चिनियाँ समकक्षी लि छियाङसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । उक्त भेटवार्तापछि प्रधानमन्त्री दाहालले चीनको छोङछिङ महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्नेछन् । प्रधानमन्त्री दाहाल आफ्नो प्रतिनिधिमण्डलसहित यही सेप्टेम्बर ३० मा नेपाल फर्कने कार्यक्रम छ ।



