बाँके प्रहरीले लागुऔषध चरेश र अफिमसहित एक दम्पतीलाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका वडा नं. ८ पिपरीबाट १२ किलो ७०४ ग्राम चरेश र २ किलो ११६ ग्राम अफिमसहित ४० वर्षीय रेवन्त राना र उनकी श्रीमती ३३ वर्षीया कविता थापालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले ती दम्पतीले प्रयोग गर्ने बा ५ प ८२१५ नम्बरको कारबाट उक्त परिमाणको लागुऔषध बरामद गरेको जनाएको छ । रेवन्त यसअघि पनि विभिन्न पटक बाँके र बर्दियाबाट लागुऔषध मुद्दामा सजाय भोगिसकेको प्रहरीले जनाएको छ ।






