काठमाडौं । प्रदेश लोक सेवा आयोग बागमती प्रदेश हेटौंडाले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

लोक सेवा आयोगले सोमबार सूचना जारी गर्दै १ हजार १ सय १३ जना कर्मचारी माग गरेको हो । प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहका विभिन्न सेवा र समूहमा कर्मचारीका लागि आवेदन माग गरिएको हो ।बागमती प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवा तर्फका पाँचौँ तहका खुला तथा समावेशी तर्फको विज्ञापन प्रकाशन गरिएको आयोगको सूचनामा उल्लेख छ । यी पदमा इच्छुक र योग्य नागरिकले यही माघ २८ गतेसम्म दरखास्त बुझाउने सक्नेछन् ।

 

विज्ञापन सम्बन्धी विस्तृत विवरण आयोगको वेबसाइट spsc.bagamati.gov.np मा प्रकाशन गरिएको छ।
हेर्नुस् सूचना :

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय