काठमाडौं । बागमती प्रदेश सभाको बैठक आज ११ बजे बस्दै छ । प्रदेश सभा भवन हेटौँडामा बस्ने बैठकमा बजेटमाथि छलफल सुरु हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सरकारले गत असार १ मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०-०८१ को बजेटमाथि आजबाट छलफल सुरु हुन लागेको हो । एमाले र राप्रपाले बजेटमा भेदभाव भएको भन्दै अवरोध गरेपछि मंगलबार देखि बजेट माथिको छलफल सुरु गर्ने कार्यसूची रहेपनि सुचारु हुन सकेन ।

प्रतिपक्षीसँग आज पुनः सहमति कायम गरेर बैठक बस्न लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय