बागलुङ- बागलुङको ढोरपाटन नगरपालिका–५ प्याङ्खोलामा शनिबार दिउँसो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ९ जना घाईते भएका छन् । बागलुङको बुर्तिबाङ बजारदेखि ढोरपाटन जाँदै गरेको ध १ ज १९ नम्बरको जीप दुर्घटना हुँदा चन्द्रगिरी नगरपालिकादेखि घुम्न आएकी एक यात्रु र सवारी चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक दिपक बाबु केसीले बताए ।



मृत्तक चन्द्रगिरी नगरपालिका–५ की २८ वर्षीया संगिता अधिकारी गैरे र सवारी चालक ढोरपाटन नगरपालिका–४ खुङ्गाका २७ वर्षीय तिलक घर्ती रहेको प्रहरीले जनाएको छ ।घाइते मध्य ६ जनाको अवस्था चिन्ताजक रहेको प्रहरीले जनाएको छ ।



