बागलुङको बडिगाडमा जिप र ट्याक्सी ठोक्किदा चार जना घाइते भएका छन् । जिल्लाको गाउँपालिका–५ ग्वालीचौर म्याल खोलाको घुम्तीमा जिप र ट्याक्सी एक आपसमा ठोकिदा चार जना घाइते भएका हुन् । मध्यपहाडी लोकमार्ग हुँदै बुर्तिबाङदेखि खर्बाङतर्फ आउँदै गरेको लु.प्र. ०१–००१ ज ००७३ नम्बरको जिप र विपरित दिसाबाट आउँदै गरेको ध १ ज ११२८ नम्बरको ट्याक्सी एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी रामेश्वर त्वाटीले जानकारी दिए ।

जिप र ट्याक्सी ठोक्किदा बडिगाड गाउँपालिका– ५ का २६ वर्षीय आकाश महत, बडिगाड गाउँपालिका–४ की २८ वर्षीया तिना काउचा पुन, ढोरपाटन नगरपालिका–४ लुकुरवनका ५२ वर्षीय खप्रसाद खकामी र बडिगाड गाउँपालिका–५ की ६० वर्षीया मिना आचार्य घाइते भएको उनको भनाइ छ । घाइते सबैलाई उपचारका लागि बुर्तिबाङ अस्पतालमा पठाइएको प्रहरी नायव उपरीक्षक त्वातीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय