नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टेड (सीसीपीआईटी)को आयोजनामा बेइजिङमा नेपाल चीन बिजनेस समिट हुने भएको छ । द्विपक्षीय व्यापार प्रवर्द्धन र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले उक्त समिट आयोजना हुन लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणको अवसर पारेर २४ सेप्टेम्बर (आइतबार) सीसीपीआइटीको मुख्यालय बेइजिङमा समिट आयोजना हुने महासंघले जनाएको छ । उक्त समिटमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यक्रम छ ।

समिटमा १२० जना चिनियाँ कम्पनीको सहभागिता रहनेछ । नेपालका तर्फबाट महासंघ पदाधिकारीसहित करिब ५० जना व्यवसायीले समिटमा सहभागिता जनाउनेछन् । समिटमा चीन सरकारका उच्च पदस्थ अधिकारी र प्रधानमन्त्रीको भ्रमण दलमा सहभागी नेपाली उच्च अधिकारीहरूको पनि सहभागिता रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय