काठमाडौं । काठमाडौं महानगरपालिका–६, बौद्ध टुसालस्थित एउटा घरबाट सुन र चाँदीका गरगहना चोरी भएको छ। चोरी भएको घरमा रिन्जी लामाको परिवार बस्छन्।

प्रहरीले जानकारी दिएको अनुसार, घरबासी घरभित्र नभएको समयमा चोरी भएको हो। घरबासीले कपडा धोएर छतमा सुकाउन गएर करिब एक घण्टा बिताएका थिए। यही क्रममा चोरी भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाको जानकारी पाउने बित्तिकै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, प्रहरी वृत्त बौद्ध र जिल्ला प्रहरी परिसर काठमाडौंले घटनास्थलमा पुगेका थिए।

प्रारम्भिक अनुसन्धानमा चोरी भएका गरगहनाहरूको मूल्य करिब १ करोड ४ लाख ५३ हजार रुपैयाँको अनुमान गरिएको छ। प्रहरी घटनामा संलग्न व्यक्ति पत्ता लगाउन र चोरी भएका सामग्री फिर्ता ल्याउन सक्रिय रहेको छ। प्रहरीले स्थानीयबासीलाई सचेत रहन र घरमा सुरक्षाका उपाय अपनाउन पनि अनुरोध गरेको छ।

अनुसन्धान जारी छ र थप विवरण सार्वजनिक गरिने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय