काठमाडौं । काठमाडौं महानगरपालिकाले धोबीखोला किनारस्थित भद्र कुमारी घले सदन भत्काएको छ । महानगरको टोलीले डोजर लगाएर भत्काएको हो । अनधिकृत रुपमा सरकारी जमीनमा बनाइएकाले सो भवन भत्काइएको महानगरको दाबी छ ।

सदनले ५ रोपनी १२ आनामा बालगृह, शिक्षा सदन, पाहुना घर, भद्र संग्रहालय, पुस्तकालय, उपभोक्ता सहकारी संस्थालगायत संस्था सञ्चालन गर्दै आएको छ । सदनले भने आफूहरुले प्रयोग गरिरहेको सार्वजनिक जग्गा नभई नापीमा छुटेको दाबी गर्दै आइरहेको छ ।

भत्काउनु अघि महानगरले सार्वजनिक जग्गा अतिक्रमण गरेर सेवा सदन सञ्चालन गरेको भन्दै भवन खाली गराउन नगर प्रहरी परिचालन गरेको थियो । सेवा सदनमा रहेका सामग्रीहरु हटाएपछि उक्त स्थान भत्काइएको महानगर प्रहरीले जनाएको छ । यसअघि महानगरपालिका सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै सेवा सदनलाई तीन दिनभित्र सबै संरचना खाली गर्न अल्टिमेटम दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय