भरतपुर — भरतपुर महानगरपालिकाको नयाँ प्रशासकीय भवन शुक्रबार उद्घाटन गरिएको छ। करिब ५३ करोड रुपैयाँ लागतमा बनेको यो भवन देशकै ठूलो प्रशासनिक भवनमध्ये एक हो। उद्घाटन समारोहमा गणतन्त्र नेपालका प्रथम पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित रहेर भवन उद्घाटन गर्नुभयो।

उद्घाटन पश्चात अब भरतपुर महानगरको सबै प्रशासनिक कामकाज यही भवनबाट सञ्चालन हुने जनाइएको छ। भवनमा कार्यालय, बैठक कक्ष र प्रशासनिक कार्यका लागि अत्याधुनिक सुविधा उपलब्ध छन्। महानगरपालिकाले स्थानीयवासीलाई सुविधा पुर्‍याउने उद्देश्यका साथ भवन निर्माण गरेको जनाएको छ। नागरिकहरूले अब प्रशासनसँग सम्बन्धित सेवा सजिलै एकै स्थानबाट पाउनेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय