काठमाडौं । भारतले काभा महिला भलिबल च्यालेन्ज कपको उपाधि हात पारेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको फाइनल खेलमा कजाकस्तानलाई ३–० को सोझो सेटमा हराउँदै भारतले उपाधि कब्जा गरेको हो । भारतले कजाकस्तानलाई २५–१५, २५–२२ र २५–१८ ले जीत निकालेको हो ।

तेस्रो स्थानका लागि भएको खेलमा नेपालले उज्वेकिस्तानलाई हराएको छ । नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा हराउँदै तेस्रो स्थानमा चित्त बुझाएको हो । पहिलो सेट २५–२० ले हारेको नेपाल दोस्रो, तेस्रो र चौथो सेट भने आफ्नो पकड बनाउन सफल भयो । दोस्रो सेट २५–१६, तेस्रो सेट २५–१५ र चौथो सेट २५–१३ ले जीत निकाल्दै नेपालले तेस्रो स्थान बनाउन सफल भयो ।

च्यालेञ्ज कपमा नेपाल, श्रीलंका, कीर्गिस्तान, भारत, माल्दिभ्स, बंगलादेश, उज्वेकिस्तान र कजाकस्तानसहित ८ राष्ट्रको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय