काठमाडौं । दुई दिने नेपाल भ्रमणका क्रममा भारतका विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन् ।

भारतीय वायुसेनाको विशेष विमानबाट जयशंकर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् । मन्त्री जयशंकरलाई परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरेका छन् ।

विदेशमन्त्री जयशंकरले आजै उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम छ । मन्त्री जयशंकरले शिलत निवासमा राष्ट्रपति रामचन्द्र पौडेल र बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटघाट गर्ने कार्यक्रम छ । त्यसपछि उनी होटेल याक एण्ड यतिमा हुने परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन् । बैठकमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री एनपी साउदले नेतृत्व गर्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय