भारतको महाराष्ट्रमा बस दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ । ३३ जना यात्रु लिएर बुलढानामा यवतमालबाट पुणे जाँदै गरेको बस पल्टिएर आगलागी हुँदा ८ जना गम्भीर घाइते भएका छन् । बुलढाना प्रहरीकाका अनुसार घटना शुक्रबार राति करिब २ बजे भएको हो । बसबाट २५ जनाको शव निकालिएको छ । घाइतेहरुको बुलढाना सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

बसका चालक भने बाँच्न सफल भएका छन् । चालकका अनुसार अचानक बसको टायर पड्केपछि बस पल्टिएको र त्यसैबीचमा आगलागी सुरु भएको थियो । प्रत्यक्षदर्शीहरूले भने नागपुरबाट औरंगाबाद जाने बाटोमा दायाँ पट्टि रहेको फलामको पोलमा बस ठोक्किएको र बसले सन्तुलन गुमाउँदा सडकको बीचमा राखिएको कंक्रीट डिभाइडरसँग ठोक्किएर पल्टिएको थियो । पल्टिएको बसले जमिनमा ढोका थिचेका कारण ढोका खोल्न नसकेर यात्रुहरुको बसभित्रै जलेर मृत्यु भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

दुर्घटनाका क्रममा बसबाट ठूलो मात्रामा डिजेल सडकमा पोखिएको पनि बताइएको छ । डिजेल चुहावटका कारण बसमा आगलागी भएको अुनमान गरिएको छ । दुर्घटनाबारे छानविन भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय