भियतनामलाई ७–० गोल अन्तरले हराउँदै नेदरल्यान्ड्स महिला विश्वकप फुटबलको प्रि क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार डुनेडिन स्टेडियम न्युजिल्यान्डमा भएको खेलमा भियतनामलाई हराउँदै नेदरल्याण्ड्स समूह इको बिजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो ।

नेदरल्यान्ड्सको जितमा इस्मी ब्रुट्स र जिल रुडले दुई–दुई तथा लिके मार्टिन्स, कट्जा स्नोइस र ड्यानिल भान डि डन्कले एक–एक गोल गरिन् । पहिलो हाफमै पाँच गोल गरेको नेदरल्यान्ड्सले दोस्रो हाफमा दुई गोल थपेको हो । जितसँगै अपराजित रहेको नेदरल्यान्ड्सले ३ खेलबाट ७ अंक जोड्दा यही समूहबाट दोस्रो बन्दै अमेरिका पनि अन्तिम सोह्रमा पुगेको छ ।

मंगलबार भएको अर्को खेलमा पोर्चुगलसँग गोलरहित बराबरी खेल्दै चार पटकको विजेता अमेरिका नकआउट चरणमा पुगेको हो । समूह ईबाट पोर्चुगल र भियतनाम बाहिरिएका छन् । विश्वकपअन्तर्गत मंगलबार नै भएको समूह डीको खेलमा इंग्ल्यान्डले चीनलाई ६–१ गोल अन्तरले हरायो ।

इङल्याण्डका लागि लौरेन जेम्सले दुई तथा एलेसिया रुसो, लौरेन हेम्प, चोलाई केली र रचेल डलीले समान एक गोल गरिन् । चीनकी सुहाङ वाङले एक गोल फर्काइन् । जितसँगै इङ्ल्याण्ड समूह विजेताको रुपमा प्रि क्वाटरफाइनलमा प्रवेश गरेको छ । यही समूहको अर्काे खेलमा डेनमार्कले हाइटीलाई २–० ले पाखा लगायो । डेनमार्कको जितमा पर्निल हार्डर र सान्नी ट्रोइल्सगार्डले गोल गरिन् । जितसँगै डेनमार्क पनि उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय