सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका स्थित निर्माणाधीन भोटेकोसी १ जलविद्युत आयोजनाको ईन्टेकको डिसेन्डर ढलान गर्ने क्रममा ढलान खस्दा २ जना बेपता भएका छन् । घटनास्थलमा घाइते भएका ८ जनालाई उद्धार गरि उपचारका लागि अस्पताल बारविसे अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

बेपत्ता हुनेहरूमा बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का ३० वर्षीय रामदिन थारु र सोही नगरपालिका वडा न ५ का ३० वर्षीय सुमन थारु रहेका छन् । इलेक्ट्रो पावर कम्पनी लिमिटेडले भोटेकोसी गाउँपालिका–४ मा भोटेकोसी १ जलविद्युत आयोजनाले गत साउनबाट निर्माण सुरु गरेको हो । ४० मेगावाट क्षमताको यो विद्युत् आयोजनाको काम ३० प्रतिशत सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय