प्रधानमन्त्री मन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारविरुद्धको आफ्नो अभियान नरोकिने बताएका छन् । शुक्रबार समाजवादी मोर्चाको गण्डकी प्रदेशस्तरीय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भ्रष्टाचार र अनियमितताको अनुसन्धानमा आफूलाई पनि नछाड्न निर्देशन दिएको बताए । उनले भ्रष्टाचार अभियोगमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सीआईबीको अनुसन्धानमा निर्दोष सावित भएको दाबी समेत गरे ।
प्रधानमन्त्री दाहालले भ्रष्टाचार अभियान एक महिने भन्दाभन्दै ८ महिना पुगेको र यो वर्षौंसम्म चल्ने बताए । उनले सत्ता गठबन्धन ५ वर्षसम्म टिक्ने र गठबन्धनबाट जोसुकै व्यक्ति प्रधानमन्त्री भए पनि यो अभियानलाई निरन्तरता दिइने पनि स्पष्ट पारे । प्रधानमन्त्री दाहालले अहिलेको मोर्चा समाजवादी मोर्चामा मात्रै सिमित नरहने भन्दै विशाल कम्युनिस्ट पार्टी बन्नेतिर लम्बिरहेको जिकिर समेत गरे । कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मन मिल्ने पार्टीहरुका बीचमा एकता गर्न समाजवादी मोर्चाभित्र रोक नलगाइएको बताए ।



कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले आफूलाई संसदमा प्रवेश गर्न लागेको भनेर दुष्प्रचार गरिएको बताए । उनले आउँदो दशक नेपालको समाजवादी आन्दोलनको विजय दशक बनाउने गरी समाजबादी मोर्चामा छलफल भइरहेको बताए ।महासचिव चन्दले देशको स्वाधिनता रक्षा गर्न समाजबादी मोर्चाहरु मिलेर जानुपर्ने बताए । उनले संसदलाई क्रान्तिको साधनको संज्ञासमेत दिए ।
https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470



