मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३, सिस्नेरी बजारको ३० घर बाढीले बगाएको छ ।

अविरल वर्षाका कारण आएको विभिन्न खहरे खोला र कुलेखानी ड्यामको ढोका खोल्दा निस्किएको पानी मिसिएर पछि बाढी आउँदा प्रहरी चौकीसहित ३० घर बगाएको इलाका प्रहरी कार्यालय सिस्नेरीले जनाएको छ ।

यस्तै, उक्त बाढी पस्दा इन्द्रसरोवर गाउँपालिका–२, खानीखेतस्थित २८ घर डुबानमा परेको छ ।

बिहीबारबाट परेको अविरल वर्षाका कारण कुलेखानी जलाशय शनिबार बिहान भरिएको थियो । ड्यामको बाँधको सुरक्षालाई मध्यनजर गरी ड्यामका दुई वटा ढोका खोल्नु परेको कुलेखानी प्रथम जलविद्युत केन्द्रका प्रमुख तारादत्त भट्टले जानकारी दिए ।

उक्त डुबान र बाढीमा परेर मानवीय क्षति भने नभएको सिस्नेरी प्रहरीले जनाएको छ । प्रहरीले स्थानीयहरुलाई सुरक्षित स्थानमा राखिएको बताएको छ । बाढी र डुबानका कारण भएको जनधनको क्षतिबारे भने हाल विवरण खुल्न नसकेको जनाइएको छ

यसैगरी मकवानपुर सिस्नेरीमा रहेको अखिल नेपाल फुटबल संघ एन्फा एकेडेमीका पाँच विद्यार्थी पहिरोमा पुरिएका छन् । कुलेखानीको ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा पहिरोमा परेको एकेडेमी संयोजक सुवासचन्द्र ठकुरील जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय