काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसलाई गाली गर्न छाडी मदन भण्डारीको हत्यारा पत्ता लगाउन तर्फ लाग्न नेकपा एमालेलाई सुझाव दिनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको हिरक महोत्सव समारोहमा सभापति देउवाले भण्डारीको हत्यारा आजको दिनसम्म खोज्न नसकेको भन्दै एमाले नेतृत्वप्रति प्रश्न गर्नुभयो ।

ललितपुरको गोदावरीस्थित सनराईज हलमा नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा देउवाले मदन भण्डारी आफूहरूको पनि नेता भएको र एमालेले सरकारको नेतृत्व पटक पटक गरेको र भण्डारीकै पत्नी दुई पटक राष्ट्रपति हुँदा समेत हत्याकाण्डको रहस्य पत्ता लगाउन नसक्नु दुःखको कुरा भएको उल्लेख गर्नुभयो ।

देउवाले नेपाली कांग्रेस सधै राज्यको महत्वपूर्ण मुद्दामा विद्यमान राजनीतिक दलहरूबीच संवाद, सहमति र सहकार्यको नीति लिँदै आएको र त्यसको निरन्तरताको पक्षमा पनि रहेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय