काठमाडौं । सिद्धिखर बहुउद्देश्यीय सहकारी संस्थाले हरितालिका तीजको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । महिला उपसमितिले आयोजना गरेको कार्यक्रममा संस्थामा आबद्ध महिला सदस्यहरु र विभिन्न उपसमितिका पदाधिकारीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष श्रीराम लामिछानेले चार सय भन्दा बढी महिला दिदीबहिनी संस्थामा आवद्ध रहेको र उहाँहरुकै मायाँले आज यो संस्था छोटो समयमा नै नगरको उत्कृष्ठ सहकारी मध्ये सिद्धिखर बहुउद्देश्यीय सहकारी पनि पुग्न सफल भएको बताउनु भयो । उहाँले सहकारी भनेकै सहकार्य र सहकार्यबाट नै सहकारी बन्ने हुँदा आगामी दिनमा संस्था अझ फरक किसिमले अघि बढ्ने पनि जानकारी गराउनु भयो । अध्यक्ष लामिछानेले सदस्य इमान्दार नहुँदा सहकारी डुब्ने हुनाले आजको दिनसम्म यो संस्थामा सबै सदस्यहरु इमान्दार भएकोले संस्थालाई कुनै अप्ठ्यारो र समस्या नपरेको बताउनु भयो । उहाँले संचालक समिति र उपसमितिको गतिविधिलाई सदस्यहरुले नजिकबाट नियालिरहेको र सदस्यमा पनि सहकारीप्रति आफ्नोपनको भावना जोडिएकोले आज सहकारी उचाईको बाटोतर्फ अघि बढिरहेको दाबी गर्नुभयो ।



कार्यक्रममा तीजका गीत बजाई नाचगान गर्दै रमाइलो गरिएको थियो ।



