महोत्तरी । महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका–२ मदरसा टोल (पुरानो माछा बजार) स्थित विपति साहको घरमा सटर भाडा लिएर संचालनमा रहेको खुश्बु टेन्ट हाउसको स्टोरमा आगलागी भएको छ ।

करिव १२ बजे तिर लागेको आगलागी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका साथै स्थानीयहरुको अथक प्रयासपछि आगो नियन्त्रणमा आएको थियो । आगलागी लगतै घटना स्थलमा आईपुगेको जलेश्वर नगरपालिकाको वारुण यन्त्र अपर्याप्त भएपछि थप मद्दतको लागि मटिहानी नगरपालिका र रामगोपालपुर नगरपालिकाबाट समेत वारुण यन्त्र आगलागी स्थलमा आईपुगेको थियो ।

खुश्वु टेन्ट हाउसका संचालक अरविन्द साहका छोरा सत्यम साहले आगलागी कसरी भयो भन्ने विषयमा आफु अनभिज्ञ रहेको बताउनु भयो । उहाँले करिव साढे एघार बजेसम्म सामान्य नै रहेको र टेन्ट हाउसको पछाडीको जग्गामा सामानहरु राखिएको र त्यहीबाट आगो सल्किएको देखिएको बताउनु भयो । उहाँले टेन्टमा ५ थान ग्यास सिलिन्डर रहेकोमा आगोले २ वटा सिलिण्डर पड्किएपछि थप घटना घटेको दाबी गर्नुभयो । घटनास्थलमा जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनार, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने तथा जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी नकुल पोखरेल र डिएसपी सन्तुलाल प्रसाद जयसवारलगायत उपस्थित रहेको थियो ।

आगलागीबाट कति क्षति भयो भन्ने विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय