सिन्धुली – सिन्धुलीमा अवस्थित कन्दमुल तरकारी विकास केन्द्रले माघे संक्रान्ति चाडलाई लक्षित गर्दै सर्वसाधरणका लागि कन्दमुल विक्री वितरण शुरु गरेको छ । तरुल, सकरखण्ड, पिडालु, ओल केसौर, सिमल तरुल चुकमन्दर लगायतका कन्दमुलहरु केन्द्रले विक्री शुरु गरेको हो ।
केन्द्रमा यसवर्ष तरुल र पिडालु प्रतिकिलो सतरी सिमलतरुल साठीका दरले विक्रि वितरण भैरहेको छ । देशको एक मात्र तरकारी तथा कन्दमुल विकास केन्द्रमा कन्दमूलको वीउ संरक्षण र खेती बिकासका काम हुँदै आएका छन । कन्दमूल तरकारी बिकास केन्द्रमा ओल, घर तरुल, वन तरुल, पिडालु गिठ्ठा भ्याक्कुर सुठुनी सकरखण्ड, सिमल तरुल, केसौर चुकन्दर लगायतका एक दर्जन भन्दा बढी जातका कन्दमूलको वीउ संरक्षण र खेती विस्तारको काम गर्दै छ ।



करिव सात हेक्टर अर्थात ११ विगाहा क्षेत्रफलमा फैलिएको सिन्धुलीमाडी कन्दमुल तरकारी बिकास केन्द्रमा उत्पादन भएका कन्दमुल तरकारी तथा कन्दमूलहरुको बिक्री –विरणबाट पर्याप्त आम्दानी हुने गरेको छ । तरकारीहरुको तुलनामा कन्दमूल जातका तरकारीहरुमा मानव शरीरलाई आवस्यक पर्ने पोशक तत्व बढी मात्रामा पाइन्छ ।



