काठमाडौं । मानव अंग मिर्गौला बेचबिखनमा संलग्न ७ जना पक्राउ परेका छन् । नेपाल प्रहरी मानव अनुसन्धान बेचबिखन ब्यूरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुलाई पक्राउ गरिएको जानकारी गराएको हो । पक्राउ पर्नेमा भारतको नयाँ दिल्लीमा बसेर सोही गैरकानूनी कार्यमा नाइकेको भूमिका निर्वाह गरिरहेका सिन्धुपाल्चोकका श्यामकृष्ण भण्डारी र उनका सहयोगको रुपमा रहेका सुजन भारतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । भण्डारीलाई महेन्द्रनगर र भारतीलाई वीरगञ्जबाट पक्राउ गरिएको पनि प्रहरीले जानकारी दिएको छ ।

पैसाको प्रलोभनमा पारेर काठमाडौं, नुवाकोट, काभ्रपलाञ्चोक र धादिङ लगायतका सर्वसाधारणलाई भारतको नयाँ दिल्ली गरेर गैरकानूनी रुपमा मिर्गौला झिकी बिक्री गर्ने गरेको पाएको पनि प्रहरीले जनाएको छ । पक्राउ परेकालाई संगठित अपरोध ऐन अन्तर्गत कारबाही अघि बढाइएको छ ।

ऐन अन्तर्गत मानव बेचबिखन र गैरकानूनी रुपमा अंग बेचबिखनमा संलग्नलाई १० वर्ष कैद र दुई लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था रहेका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय