मुगु । मुगुको सदरमुकाम गमगढी बजारमा गएराति आगलागी हुँदा २१ घर जलेर नष्ट भएको छ ।
मध्यरातमा लागेको आगो फैलनबाट रोकिए पनि आगो अझै पूर्णरुपमा निभिनसकेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो ।



आगलागीबाट होटल, कम्प्युटर पसल, कपडा पसल, मोबाइल पसल, टेलर पसल, हेएर कटिङलगायत अन्य खुद्रा पसल पूर्णरुपमा नष्ट भएको छ ।
कम्प्युटर तथा इलेक्ट्रोनिक पसलमा विद्युत् सटभई आगलागी भएको अनुमान गरिएको छ । करिब ५ घण्टासम्म लगातार लागेको आगो नेपाल प्रहरी, नेपाली सेना, स्थानीयको सक्रियतामा नियन्त्रणमा लिइएको छ । आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी छ ।



