नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।
सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सी पुलमा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । पहिरोका कारण सडक अवरुद्ध भएपछि सयौं सवारीसाधन रोकिएका छन् ।



पहिरो पन्छ्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।



